पोखरा महोत्सवको फोटोग्राफी पार्टनरमा ‘मयुरटाइम्स’

कास्की | पुस ५, २०७९

पोखरा महोत्सवको फोटोग्राफी पार्टनरमा ‘मयुरटाइम्स’

पोखरा:   एघारौं पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रा.लि.ले फोटोेग्राफी पार्टनरको रुपमा साथ दिने भएको छ । आगामी पुष २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा मयुरटाइम्स न्युज प्रालिले आधिकारिक फोटोग्राफीको जिम्मा पाएको हो ।

 

मंगलबार एक कार्यक्रमकाबीच मयुरटाइम्स न्युजका संचालक प्रविन मगर र एघारौ पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । 

 

सो अवसरमा वोल्दै मयुरटाइम्स न्युजका संचालक प्रविन मगरले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीमार्फत महोत्सवलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।

 

पोखरा महोत्सव आफैमा ब्राण्ड र यसले गर्ने सामाजिक काममार्फत सम्पूर्ण पोखरेलीको मन जित्न सफल भएकाले आफ्नो संस्थाले पोखरा महोत्सवको फोटोग्राफी पार्टनरको रुपमा काम गर्न पाउदा खुसी लागेको मगरको भनाइ रहेको थियो ।  

 

त्यस्तै पोखरा महोत्सवका फोटो तथा भिडियोग्राफी उपसमिति संयोजक जयराम आचार्यले पोखरा महोत्सवका सम्पूर्ण गतिविधीहरुलाई फोटोग्राफीको माध्मबाट संचित गर्न आफुहरु यसअघिको महोत्सवहरुमा सफल भएको बताउदै मयुरटाइम्सलेसमेत त्यसलाई निरन्तरता दिन आग्रह गरे ।

 

 पोखरा महोत्सवको सम्पूर्ण गतिविधीहरुआयोजकको पेज तथा मयुरटाइम्स न्यूज र लोडिङ नेपालको पेजबाट हेर्न सकिने बताइएको  छ । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्